३१ आश्विन २०८३, शनिबार

भ्रष्टाचार रोक्न नसकेपछि पेरुका प्रधानमन्त्रीले राजीनामा दिए

12.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लिमा, २५ फागुन । पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाले राजीनामा दिएका छन् । पेरुको राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएका पुष्टि गरेको छ ।

प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए ।

मुलुकमा बढेको भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न नसकेको भनी चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री सेजारले राजीनामा दिएका हुन् । पछिल्ला दिनमा प्रधानमन्त्री सेजारको लोकप्रियता ओरालो लागेको छ । –एजेन्सी