काठमाडौँ, २६ माघ । दुई साताअघि रिक्त भएको चलचित्र विकास बोर्डको अध्यक्ष राजकुमार राईलाई नै बनाउने मनस्थितिमा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल पुगेका छन् ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको चर्को असन्तुष्टिका बाबजुद पनि मन्त्री रिजाल राईलाई नै अध्यक्ष बनाउने मनस्थितीमा पुगेका हुन् । सिटौलाकै जोडबलमा रिजाल सञ्चारमन्त्री भएका हुन् । स्रोतका अनुसार महामन्त्री सिटौलाले निर्माता संघका अध्यक्षसमेत रहेका राईलाई कुनै पनि हालतमा अध्यक्ष बनाउन नहुने भन्दै वरिष्ठ चलचित्रकर्मी वा बौद्दिक व्यक्तित्व ल्याउन सुझाव दिएका थिए । साढे सात सात कक्षा पास गरिसकेका राईलाई बोर्डमा ल्याउँदा संस्थाको गरिमा नै ध्वस्त हुने सिटौलाको सुझाव थियो । तर,मन्त्री रिजालले भने राईले आफूलाई लगाएको गुण तिर्न उनलाई अध्यक्ष बनाउने बताएका छन् । राईकै सिफारिसमा मन्त्री रिजालले ६ महिनाअघि नै कांग्रेस प्रवेश गरेका मेलिना मानन्धर र रुपा रानालाई विकास बोर्ड र सेन्सर बोर्डको सदस्य बनाएका थिए । राजधानीका ‘डन’ दीपक मनांगेका बहिनीज्वाइँ राईलाई बोर्ड अध्यक्ष बनाउन सञ्चारमन्त्री रिजाल र कांग्रेस नेताहरुलाई उनले ठूलै प्रलोभन देखाएको सोमबार प्रकाशित साँघु साप्ताहिकमा खबर छ ।














प्रतिक्रिया