२० कार्तिक २०८३, शुक्रबार

विप्लब समुहको बन्दले राप्ती क्षेत्रको जनजीवन दिनभर प्रभावित, ट्रक र जीपमा तोडफोड

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–मिना बुढाथोकी
सल्यान, २३ फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको वन्दका कारण बिहीबार राप्ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले गाडिहरु चल्न दिएका छैनन् । बन्दको अवज्ञा गरेको भन्दै विहानै दुईवटा सवारीसाधनमा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ ।

राप्ती राजमार्गको सल्यान दाङ खण्ड अन्र्तरगत त्रिवेणीको सल्लेखोलामा ना ४ ख ६३६८ नम्वरको ट्रकमा तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोडबाट ट्रकका सिसा फुटेका छन् । यस्तै लु २ च २७२५ नम्वरको वोलेरो जीपमा पनि तोडफोडको प्रयास भएको छ ।

प्रहरीले तोडफोडमा संलग्नको खोजी भैरहेको जनाएको छ । यातायात सुचारुको लागि स्कटिङ मार्फत गाडि चलाउन शुरु गरीएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इनिस्पेक्टर गिरीराज भण्डारीले जानकारी दिएका छन ।

तुलसिपुरमा कार्यक्रम स्थलबाटै आफ्ना कार्यकर्ताहरु पक्राउ परेको भन्दै त्यस्तो विरोधमा बन्द गर्नुपरेको विप्लव समुहले जनाएको छ । तुलसिपुरमा भएको एक कार्यक्रममा विप्लव समुहका प्रदीप वली, इश्वरी पाण्डे र रुद्र वली अस्ती मंगलबार पक्राउ परेको र उनिहरुको विनासर्त रिहाइ हुनुपर्ने विप्लव नेतृत्वको नेकपाका राप्ती व्युरो इन्चार्ज सुवासले बताएका छन् ।
यस्तै
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य मदन केसीलाई प्रहरीले गिरप्mतार गरेको छ । नेकपाले बिहीबार आह्वान गरेको राप्तीका ६ जिल्ला बन्दका क्रममा उनलाई गिरप्mतार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सडकमा बन्द गर्दै हिडेको अवस्थामा श्रीनगर क्षेत्रबाट प्रहरीको टोलीले गिरप्mतार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी गिरीराज भण्डारीले जानकारी दिएका छन् । अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष टंक प्रकाश केसीले भने सडकमा यात्रा गरिरहेको अबस्थामा केसी पक्राउ परेको बताएका छन् । उनले केसीलाई यथाशिघ्र रिहाइको माग समेत गरेका छन् ।