३१ आश्विन २०८३, शनिबार

हिन्दुविरोधी अभिव्यक्ति दिएका मन्त्रीलाई हटाए इमरानले

145.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हिन्दु विरोधी अभिव्यक्ति दिएका आफ्नै मन्त्रीलाई हटाएका छन् । पञ्जाव प्रान्तका सूचना र संस्कृतिमन्त्री फैयाज अल हसन चौहानलाई उनले पदबाट हटाएका हुन् ।

चौहानले हिन्दुलाई गाईको मुत्र पिउने बताउँदै भारतले पाकिस्तानसँग टक्कर दिन नसक्ने बताएका थिए । चौहानको यो अभिव्यक्तिप्रति इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन साफ भित्रै पनि उनको आलोचना भएको थियो ।

अभिव्यक्तिपछि पञ्जावका मुख्यमन्त्री सरदार उस्मान बुजदारले चौहानलाई बर्खास्त गर्ने बताएका थिए, त्यसपछि उनले राजीनामा दिएका थिए ।

मुख्यमन्त्रीले जारी गरेको विज्ञप्तिमा इमरान खान नेतृत्वको पाकिस्तान तहरीक–ए–इन साफ पार्टीमा कुनै पनि प्रकारको भेदभाव नहुने उल्लेख गरिएको छ ।