३१ आश्विन २०८३, शनिबार

भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति फर्किए

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन। अदालतले देश छाड्न लगाएको प्रतिवन्धलाई बेवास्ता विदेशिएका भेनेजुएलाका स्वघोषित अन्तरिम राष्ट्रपति जुवान ग्वाइडो स्वदेश फर्किएका छन् । अदालतले उनलाई विदेश जान रोक लगाएको थियो ।

ग्वाइडो राजधानी कारकासमा उनी आफ्ना समर्थककाबीच उभिएका थिए । उनलाई स्वदेश फर्के लगत्तै पक्राउ गर्न सक्ने सम्भावना थियो ।

समर्थकहरुलाई सम्बोधन गर्दै उनले सरकारले आफूहरुलाई तर्साउन खोजेको तर, भेनेजुएलाको जनता तर्सिन र मुदुरोको आदेश पालना गर्न छाडिसकेको बताए । ग्वाइडो सीमापार जम्मा भएको मानवीय सहायता भित्र्याउन भन्दै १० दिनअघि देशबाहिर गएका थिए ।