३१ आश्विन २०८३, शनिबार

आफ्ना पाइलट फर्केपछि यसो भने भारतीय प्रधानमन्त्री मोदीले

12k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेको भारत नयाँ र निडर भएको बताएका छन् । राजधानी दिल्लीमा आयोजित एक सम्मेलनमा मोदीले भारत अब निर्भीक र निर्णायक भएको बताए ।

भारतीय एक पाइटलाई पकिस्तानले फिर्ता गरेको प्रति इंकित गर्दै मोदीले भारतका शत्रुहरु डराउने गरेको बताए । उनले आफ्नो लागि सबै वीर सैनिक जवानको रगत अमूल्य रहेको बताएका छन् ।

मोदीले भने, ‘पहिले जति नै मानिस मारिए पनि जति नै जवान शहीद भएपनि कुनै ठूलो कारबाही हुँदैनथ्यो। तर अहिले कसैले पनि भारतलाई आँखा लगाउन सक्दैन। हाम्रो सरकार जस्तो सुकै निर्णय लिनका लागि प्रतिबद्ध छ।’

भारतीयहरू एकजुट भएको भन्दै उनले भने, ‘देशभित्र र बाहिर अहिले देशविरोधी मानिसमा डर उत्पन्न भएको छ।’