३१ आश्विन २०८३, शनिबार

भारतले स्वीकार्दै भन्यो–‘एउटा मिग विमान ध्वस्त भयो, एक पाइलट बेपत्ता छन् ।’

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । पाकिस्तानले आफ्नो लडाकु विमानमा खसाएको भारतले स्वीकारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले पत्रकार सम्मेलन गर्दै भनेका छन्, ‘पाकिस्तानको कारवाहीमा भारतको एउटा मिग विमान ध्वस्त भयो र हाम्रो एक पाइलट बेपत्ता छन् ।’

उनले भारतको एयरस्ट्राइकको जवाफमा पाकिस्तानले एक्सन लिएको पुष्टि गरे । साथै आफ्नो सेनाले पनि पाकिस्तानको लडाकु बिमान खसाएको उनले दावी गरे ।

यसअघि पाकिस्तानले दुईवटा भारतीय बिमानलाई खसाएको र एक पाइलटलाई नियन्त्रणमा लिएको बताएको थियो । पाकिस्तानी सेनाले एउटा ४६ सेकेन्डको भिडियो पनि सार्वजनिक गरेको छ ।