
काठमाडौं, १५ फागुन । भारतीय वायुसेनाका दुई ओटा विमान खसालेको दाबी पाकिस्तानले गरेको छ । नियन्त्रण रेखा पार गरेका दुई भारतीय विमानलाई पाकिस्तानी सेनाले पाकिस्तानी एयरस्पेसभित्र झारिदिएको पाकिस्तानको दाबी छ ।
यस्तै, विमानमा सवार एक पाइलटलाई पनि नियन्त्रणमा लिएको पाकिस्तानले दाबी गरेको छ । यद्दपी यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले यसको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘पाकिस्तानी वायू सेनाले आफ्नो वायू सीमाभित्रै रहेर नियन्त्रण रेखाको अर्कोतर्फ बमवारी गरेको छ ।’
तर, यो भारतीय आक्रमणको जवाफ नभएको बताए । ‘पाकिस्तानले गैरसैन्य क्षेत्रलाई निशाना बनाएको थियो, ताकि धनमालको नोक्सानी नहोस् ।’ उनले भने ।
मंगलबार भारतीय वायुसेनाले बालाकोटमा आक्रमण गरेपछि दुई देशको तनाव बढ्दो छ ।















प्रतिक्रिया