३१ आश्विन २०८३, शनिबार

बांग्लादेशमा विमान अपहरण प्रयास गर्ने व्यक्ति मारिए

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १३ फागुन । बांग्लादेशको सरकारी वायुसेवा कम्पनी विमानद्वारा सञ्चालित एउटा यात्रुवाहक जेट विमानको अपहरणको प्रयास भएपछि चितगोंग शहरमा उक्त विमानको आपतकालीन अवतरण गराइएको छ।

राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको सो विमान फ्लाइट बीजी १४७ मा १ सय ४२ जना यात्रु सवार थिए । सन्दिग्धलाई गोली हानिएको र उनको मृत्यु भएको बताइएको छ ।

सन्दिग्धलाई आत्मसमर्पण गर्न भनिएको तर नमानेपछि गोली हानिएको सैनिक सूत्रले जनाएको बीबीसले जनाएको छ।

पच्चीस वर्षको उमेर भएको ठानिएका ती सन्दिग्धले किन विमान अपहरणको प्रयास गरे त्यो चाहिँ स्पष्ट भइसकेको छैन ।

बीबीसी बाङ्ग्लाका अनसुार सबै यात्रु र चालकदलका सदस्यहरू सकुशल रहेका छन् ।

सोही विमानमा यात्रा गरिरहेका सांसद मोइनउद्दिन खान बादलले सञ्चारकर्मीलाई बताएअनुसार एक यात्रुले हतियार देखाउँदै विमान अपहरण गर्न खोजेका थिए ।

उनका अनुसार ती व्यक्तिले विमानचालकलाई आफ्नो कुरा प्रधानमन्त्री शेख हसिनासँग गराउन भनेका थिए ।