३१ आश्विन २०८३, शनिबार

भारतीय प्रधानमन्त्रीले मजदुरको खुट्टा धोए

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १३ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार प्रयागराजमा सञ्चालित कुम्भ मेला दर्शनको क्रममा त्यहाँ खटिएका सरसफाइ कर्मचारीको खुट्टा धोएका छन् ।

उनले कुम्भ मेलामा तपयोगी, जपयोगी र कर्मयोगी रहेको भन्दै कर्मयोगीमा डुंगा चालक, स्थानीयबासी देखि सरसफाइकर्मी सबै रहेको बताउँदै कर्मयोगीले दिनरात नभनी कुम्भ मेलालाई सहज बनाएको भन्दै सबैलाई धन्यवाद पनि व्यक्त गरे।

मोदीले प्रयागराज भूमिमा आउन पाउँदा आफूलाई धन्य महसुस भएको र सरसफाइ कर्मचारीले यहाँको सरसफाइलाई पुरै दुनियाँमा चिनाएको समेत बताउन भ्याए ।

मोदीले यति स्वच्छ गंगा नदीमा योभन्दा अगाडि कहिल्यै पनि डुबुल्की नलगाएको र कुम्भ मेलालाई सफल बनाउनमा सफाइकर्मीको महत्वपूर्ण हात रहेको भन्दै सरसफाइकर्मीको खुलेर प्रशंसा गरे ।

उनलेले सरसफाइ कर्मचारीको खुट्टा धोएर सफा कपडाले पुछिदिए । यसै्बीच मोदीले योगी सरकारलाई बधाइ दिँदै कुम्भ मेलाले स्वच्छताको बलियो सन्देश दिएको पनि बताए ।

अहिले मोदीको यो कार्यको भारतीय मिडियामा चर्चा भइरहेको छ ।