
काठमाडौं, १२ फागुन । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका लागि भियतनाम हिँडेका छन् ।
४ हजार किलोमिटरको यात्राका लागि उनी आइतबार रेल चढेका हुन् । पूरा दुरी पार गर्न किमलाई झण्डै तीन दिन लाग्ने छ ।
भियतनामको राजधानी हनोईमा किमले ट्रम्पसँग फेब्रुअरी २७ र २८ मा बहुप्रतिक्षित दोस्रो शिखर बैठक गर्दैछन् ।
उनी हरियो रेलमा चढेर भियतनाम गएको अधिकारीहरुले जानकारी दिएका छन् । किम शिखर बैठकभन्दा अगाडि भियतनामको औपचारिक भ्रमण गर्नेगरी हनोई गएका हुन् ।















प्रतिक्रिया