३१ आश्विन २०८३, शनिबार

राष्ट्रसंघको प्रतिबन्धले उत्तर कोरियामा खाद्य संकट

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । संयुक्त राष्ट्रसंघको प्रतिबन्धका कारण उत्तर कोरियामा खाद्य संकट देखिएको छ । तापक्रम वृद्धि, खडेरी, बाढी तथा संयुक्त राष्ट्रसंघको प्रतिबन्धका कारण खाद्यान्न संकट खेप्नुपरेको उत्तर कोरियाले जनाएको छ ।

२०१९ मा मुलुकमा १४ लाख टन खाद्यान्नको कमी रहने प्योङयाङले उल्लेख गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच हुने दोश्रो शिखर वार्ता अघि उत्तर कोरियाली संयुक्त राष्ट्रसंघीय मिशनले मेमो जारी गरेको छ । जारी गरिएको मेमोमा अन्तर्राष्ट्रिय समुदायमा खाद्य संकटबारे तत्काल निर्णय लिन आग्रह गरिएको छ ।

उता अमेरिकाले भने उत्तर कोरियाले आणविक कार्यक्रम पूर्णरुपमा बन्द नगर्दासम्म प्रतिबन्ध फुकुवा नगर्ने प्रष्ट पारेको छ । उत्तर कोरियामा सन् २००६ देखि प्रतिबन्ध लागेको हो ।