२९ आश्विन २०८३, बिहिबार

लिभरपुल, एचएचसीए र ज्ञाननिकेतनलाई उपाधि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2काठमाडौं, २४ माघ । लिभरपुल, हिमालयन हेल्पलेस चाइल्ड एकेडेमी (एचएचसीए) र आयोजक ज्ञाननिकेतनले १३ औं ज्ञाननिकेतन बास्केटबल च्याम्पियनसिपको उपाधि शुक्रबार जितेका छन् ।

लिभरपुल कलेजको ब्वाइजतर्फ च्याम्पियन भयो भने ज्ञाननिकेतनले जुनियर ब्वाइजमा पहिलो स्थान हात पा¥यो । दोहोरो उपाधि जित्न सफल एचएचसीए सिनियर ब्वाइज र सिनियर गल्र्समा शीर्ष स्थानमा रह्यो ।

कलेजको ब्वाइज फाइनलमा लिभरपुलले बर्नहार्टलाई ६२–४६ ले पराजित ग-यो । लिभरपुलका आशिष बस्नेतले २३ अंक जोडे ।

सिनियर ब्वाइजको फाइनलमा एचएचसीएले डिफेन्डिङ च्याम्पियन इनोभेटिभ इङलिस स्कुललाई ७०–६० ले हरायो । विजेताका पविन राईले २५ अंक बटुले । सिनियर गल्र्सको उपाधि भिडन्तमा सन्जु राईको ११ अंक सहयोगमा एचएचसीएले न्यु भिजनलाई ३२–२४ ले पाखा लगायो ।

जुनियर ब्वाइजमा च्याम्पियन बनेको ज्ञाननिकेतनले डिफेन्डिङ च्याम्पियन नेरिक एकेडेमीलाई ३२–२१ ले स्तब्ध पा¥यो । ज्ञाननिकेतनको जितमा मनीष तामाङले १० अंक योगदान गरे ।

फाइनल खेलका चारै सर्वाधिक स्कोरकर्ता आशिष, सन्जु, पविन र मनीष आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

कलेजतर्फ बर्नहार्टका अनिल खड्गी (८१ अंक), सिनियर गल्र्समा एचएचसीएकी मिग्मा शेर्पा (५१ अंक), जुनियर ब्वाइजमा नेरिकका असिम भण्डारी (३२ अंक) तथा सिनियर ब्वाइजमा इनोभेटिभका आशिष बस्नेत (६८ अंक) सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।

विजेतालाई नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, ज्ञानकिनेतनका संस्थापक प्रिन्सिपल शेरबहादुर कुँवर, एकेडेमिक इन्चार्ज दीपेन्द्र बसौला, स्कुल संयोजक सञ्जयजित कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । माघ १५ गते सुरु प्रतियोगिताको चारै विधामा समान ८–८ गरी ३२ टिम सहभागी थिए ।