३१ आश्विन २०८३, शनिबार

सम्पत्तिको विषयलाई लिएर भएको गोली हानाहानमा ३ बालबालिकासहित चारको मृत्यु

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिकागो ।  अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विवादका क्रममा गोली हानाहान भएको छ।

सोमबार अपरान्ह भएको गोलीकाण्डमा परि ३ बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्ट काउन्टीमा यो घटना भएको हो। अधिकारीहरूले थप विवरण दिन अस्विकार गरेका छन्।

उनीहरूले सर्वसाधारणलाई भने यसबाट कुनै खतरा नरहेको बताएका छन्। गोली हान्नेलाई नछाडीने उनीहरुको भनाइ छ।  घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।