१९ कार्तिक २०८३, बिहिबार

निवर्तमान आयुक्त पाठकमाथि अख्तियारको अनुसन्धान सुरु

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ फागुन । ७८ लाख रुपैयाँ घुस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ ।

आयोगले एकजना सहसचिव नेतृत्वमा तीन सदस्यीय टोली बनाएर अनुसन्धान सुरु गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । पठकमाथि औपचारिक अनुसन्धान सुुरु भएको जानकारी दिँदै प्रवक्ता दंगालले विस्तृत अनुसन्धान सुरु गरेको पुष्टि परे ।

अख्तियारले महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर अनुसन्धान सुुरु गरेको हो । महान्यायाधिवत्ताको कार्यालयले सोमबार पाठकमाथि अख्तियारले छानबिन गर्न सक्ने राय दिएको थियो ।

आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले चाँगुनारायाण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद सल्टाउन ७८ लाख घुस लिएका थिए । घुस लिएको विषय सार्वजनिक भएपछि उनले फागुन ३ गते पदबाट राजीनामा दिइसकेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महाभियोग लगाउने तयारी गरेपछि पाठकले राजीनामा बुझाएका हुन ।

राजीनामा दिएका पाठकविरुद्ध छानबिन र कारबाही हुनुपर्ने माग भइरहँदा सोमबार सत्तारुढ दलका सांसदहरुले समेत संसदमा यो विषयलाई प्राथमिकताका साथ उठाएका थिए ।