३१ आश्विन २०८३, शनिबार

बैंकबाट सांसदको १५ लाख कसरी हरायो ?

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । एक महिला सांसदको जम्मा गरेको १५ लाख ६२ हजार भारतीय रूपैंया गायब भएको उजुरी प्रहरीमा परेको छ ।

भारतीय जनता पार्टीकी कर्नाटककी सांसद करंदलाजेले प्रहरीमा यस्तो उजुरी दिएकी छन् । २०१८ मा बैंक खाता ह्याक भएको जनाउ दिएकी उनले हरेक कारोबारमा एसएमएस एलर्ट आउने भए पनि यो रकम गायब हुँदा नआएको बताएकी छन् ।

तलब राख्ने क्रममा रकम हराएको आफूले जानकारी पाएको बताएकी उनले बैंकको फटाही हुनसक्ने बताएकी छन् । यो घटनाको साइबर सेलबाट अनुसन्धान गरिने प्रहरीले जनाएको छ । एजेन्सी