५ कार्तिक २०८३, बिहिबार

मोडल स्मिता लेख्छिन्– यहाँ लोग्ने मान्छेको कमी छ र तिम्रो लोग्ने हेर्नु पर्ने !

18.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनोरञ्जनको दुनियाँमा बोल्ड र विवादीत बयानका कारण मोडलहरू चर्चामा आउने गर्छन् । यो क्रम विश्वबजारका धेरै ठाउँमा चल्दै आएका छन् ।

बलिउडमा उत्तेजक तस्बिर र भिडियो सामाजिक सञ्जालमा राखेका कारण पूनम पान्डे चर्चामा रहने गरेकी छन् ।

यहाँसम्मकी पान्डे नेपालमा आएर पत्रकार सम्मेलनमा उपस्थितमात्र भइनन्, क्लव डेजाभूमा पनि उपस्थित भइन् ।

तर, उनको प्रस्तुती भने प्रहरीले रोकेको थियो । ५ महिना अघि उनी विश्वकप फूटबलको फाइनलका बेला आएकी थिइन् ।

पान्डेका बयान र वक्तव्य विवादमा आए जस्तै नेपालमा पनि मोडल स्मिता थापाका बयान र तस्बिरले सामाजिक सञ्जालमा फरक तरङ्ग दिने गरेका छन् ।

स्मिताले हालैमात्र लेखिन्,‘ यहाँ लोग्ने मान्छेको कमी छ र तिम्रो लोग्ने हेर्नु पर्ने !’ यौन र सम्बन्धका विषयमा खुलेर सामाजिक सञ्जालमा लेख्ने गरेकी स्मिताले उत्तेजक तस्बिर पनि राख्ने गरेकी छन् ।

कहिले लभ बाइटसहितको तस्बिर राखेर चर्चामा आउने उनले एक समयमा भनेकी थिइन्,‘लोग्ने होइन, लोग्ने मान्छे चाहिन्छ ।’

राजेन्द्र थापाले लेखेको खेलौना उपन्यासको कभर तस्बिर खिचाएकी उनको विवादीत जीवनका विषयमा समाचार प्रकाशन प्रशारण गरेको भनी पत्रकार ऋषि धमलामाथि उनले हमला पनि गरेकी थिइन् ।