२० कार्तिक २०८३, शुक्रबार

कम्युनिष्ट सरकार सयौं वर्ष टिक्छ भनेर केही तत्व सरकार विरुद्ध छन् : अध्यक्ष बोगटी

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी

सल्यान, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले कम्युनिष्ट सरकारले सयौं वर्ष सरकार चलाउने भयो भन्ने डरले केही तत्व सरकारका विरुद्ध लागेको बताएका छन् ।

कम्युनिष्ट सरकारले अव सँधै सरकार चलाउँछ भनेर अत्तालिएका केही तत्वहरुले सरकार असफल भएको भ्रम छर्दै हिडेको उनले दावी गरे । शुक्रबार सल्यान खलंगामा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बोगटीले आन्दोलनको समयमा कम्युनिष्टहरुको भूमिका महत्वपूर्ण भएजस्तै अब देश समृद्ध बनाउने अभियानमा पनि कम्युनिष्टहरुको भूमिका अहम हुने बताए ।

अर्को प्रसंगमा जनता तथा कार्यकर्तामा पार्टी एकता ढिलाई भएकोमा निराशा छाएकाले यस्तो निराशालाई तोड्न पनि चाँडै नै तत्लो तहसम्म पार्टी एकता टुंगिने बताए । उनले भने, ‘केन्द्रमा पार्टी एकता भएको आठ महिना भन्दा बढि भईसक्दा समेत तल्लो तहमा त्यसको कुनै गतिविधि नहुँदा जनता तथा कार्यकर्तामा केही निराशा देखिएको छ, पार्टी कता हो भन्ने देखिएको छ, तमाम समस्यालाई छिचोलेर अव चाँडै पार्टी एकता हुन्छ ।’ पार्टी एकताको मूल भावलाई आम जनतामाँझ लिनका लागि कर्णाली प्रदेशमा एक महिने संगठन निमार्ण तथा सुद्धिकरण अभियान सञ्चालन गरेको समेत उनले जानकारी दिए ।

तीनै तहमा नेकपाको सरकार हुँदा पनि जनताले चाहेजस्तो काम हुन नसकेको भन्दै उनले सरकारलाई नियमन गर्न पार्टी र सरकारका प्रतिनिधिबीचको संयन्त्र बनाएर जाने समेत बताए । सरकारलाई जनताप्रति बढि उत्तरदायी र जवाफदेही बनाउन संयन्त्रले प्रभावकारी भूमिका खेल्ने उनको भनाई छ । दुई तिहाईको अनुभूति जनतालाई दिलाउनका लागि पनि पार्टी, सरकार एक भएर जानु पर्नेमा उनले जोड दिए ।

(नेकपा) सल्यानले जिल्लामा राजनीतिक तथा वैचारिक अभियान सञ्चालन गर्ने

यसैबिच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सल्यानले जिल्लामा राजनीतिक तथा वैचारिक अभियान सञ्चालन गर्ने भएको छ । जिल्लाका दशवटै स्थानीय तहमा पालिकास्तरीय पार्टी र सरकारकाबीच राजनीतिक तथा वैचारिक अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टी एकता जिल्ला कार्यदल सल्यानका संयोजक प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै ज्वालाले जिल्लाबाट नेकपाको केन्द्रिय कमिटी र प्रदेश कमिटीमा आबद्ध सदस्यहरुको प्रथम परामर्श बैठकले नेकपालाई सल्यानमा चलायमान बनाउन माघ २० गतेदेखि फागुन १ गतेसम्म सल्यानका दशवटै स्थानीय तहमा राजनीतिक तथा वैचारिक अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।

यस्तै पार्टीको स्थानिय तहस्तरमा गतिविधि सञ्चालन तथा एकता गर्न ५ सदस्यीय कार्यदल गठन गरिएको छ । जसमा केन्द्रिय सदस्यहरु टेक बहादुर वस्नेत, प्रकाश ज्वाला, गुलावजंग शाह र दुवै पार्टीका पूर्व अध्यक्षहरु रहेका छन् ।

नेकपा सल्यानको पार्टी कार्यालय उद्घाटन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानको पार्टी कार्यालय उद्घाटन गरिएको छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानको शुक्रबार पार्टी कार्यालय उद्घाटन गरिएको हो । तत्कालीन एमालेको पार्टी कार्यालयमा नेकपाको पार्टी कार्यालय रहेको छ ।