५ कार्तिक २०८३, बिहिबार

यूएईविरुद्धको खेलमा सन्दीपले लिए पहिलो बलमै विकेट

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौँ, १७ माघ । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको विकेट लिन सफल भएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भए । सन्दीपको बलमा युएईका अष्फाक अहमद शून्य रनमा आउट भए ।

दुबईस्थित आइसिसी एकेडेमी ओभल मैदानमा नेपालले टि-२० अन्तर्राष्ट्रियमा आफ्ना तीन खेलाडीलाई डेब्यू गराउँदैछ।

ब्याट्सम्यानहरु रोहितकुमार पौडल र सन्दीप जोरा र तीव्र गतिका बलर अभिनाश बोहराले पहिलोपटक नेपालबाट टि-२० अन्तर्राष्ट्रिय खेल्ने भएका हुन्।

यूएईविरुद्ध तीन खेलको टि-२० शृंखलाको पहिलो खेलका लागि नेपालले ज्ञानेन्द्र मल्लको ओपनिङ साझेदारीका रुपमा प्रदिप ऐरीलाई मैदान उतार्ने भएको छ।

त्यससँगै नेपाली टोलीको सुरुवाती एघारमा कप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने र बसन्त रेग्मी रहेका छन्।

यसअघि एकदिवसीय शृंखलामा ओपनिङ गरेका विनोद भण्डारीलाई भने आराम दिइएको छ। यूएईविरुद्धको तीन एकदिवसीय शृंखला नेपालले २-१ले जितेको थियो।