३१ आश्विन २०८३, शनिबार

क्वीचोका करिब सात लाख नागरिकलाई स्थानान्तरण गरिने

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीन, १७ माघ । दक्षिणपश्चिम चीनको क्वीचोका दुर्गम क्षेत्रमा बसोबास गर्ने गरिबीको रेखामुनि रहेका करिब छ लाख ७० हजार नागरिकलाई विकशित समुदायमा लगेर सहज जीवनयापनका लागि प्रवन्ध गर्ने प्रान्तीय अधिकारीले जनाएका छन् ।

बुधबार प्रान्तीय सरकारको बार्षिक सम्मेलनमा स्थानीय अधिकारीले भने, चीन सरकार र राष्ट्रपति सी चिनफिङको गरिबी निवारण अभियान अन्तर्गत सन् २०१९ मा गरीब जनतालाई सुगम वस्तीमा ल्याएर उनीहरूलाई सार्वजनिक सेवा, रोजगारीमुलक तालीम दिइनेछ । स्थानीय सरकारले कम्तिमा परिवारका एक जनालाई रोजगारी पनि दिने कार्यक्रम सार्वजनिक गरेको छ ।

उनीहरूलाई स्थानान्तर गरेर राखिने वस्तीमा उनीहरूको पढाइका लागि विद्यालय, प्राथमिक विद्यालय, स्वास्थ्य केन्द्र वा औषधी उपचार केन्द्र पनि स्थापना गरिने छ जसका कारण उनीहरूको शिक्षा तथा स्वास्थ्यको लागि सहज व्यवस्था हुनेछ, प्रान्तीय अधिकारीले बताए ।

चीनको अति गरिब मानिसहरू रहेको क्वीचो प्रान्तले १३ औँ पाँच बर्षे योजना अन्तर्गत सन् २०१६ देखि २०२० सम्ममा १८ लाख ८० हजार गरिब नागरिकलाई गरिबीको रेखाभन्दा माथि उठाउने प्रयास अन्तर्गत यो कार्यक्रम तय गरिएको बताइएको छ ।

स्थानान्तरणमार्फत गरिबी निवारण गर्ने कार्यक्रम चीन सरकारले विगत केही बर्षदेखि ‘प्रमुख अभियान’का रूपमा चलाएको छ । यो कार्यक्रमले चीनलाई छोटो समयमा धेरै नागरिकलाई गरिबीबाट मुक्त गर्न सम्भव भएको अधिकारीहरूले बताएका छन् ।

चीनले सन् २०२० सम्म मध्यमरूपको समृद्ध समाज निर्माण गर्ने र गरिबी निवारण गर्ने लक्ष्य लिएको छ ।