२९ आश्विन २०८३, बिहिबार

रारा गोल्डकपमा सुदूरपश्चिमाञ्चलले एपिएफलाई हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football

पोखरा, २१ माघ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको तेह्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा आज भएको खेलमा सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली नेपाल एपिएफ क्लबलाई १–० ले पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमाञ्चल फुटबल क्लबका शिव सुवेदीले खेल सुुरु भएको सातौँ मिनेटमा प्रहार गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

भोलिको खेल झापा एघार फुटबल क्लब र जगदम्बा लुम्बिनी फुटबल क्लबबीच हुनेछ ।