३१ आश्विन २०८३, शनिबार

महिलालाई ट्वाइलेटको कम्बोडमा रहेको सर्पले टोकेपछि…

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिड्नी, ११ माघ । ट्वाइलेटको कम्बोडमा रहेको एउटा सर्पले अस्ट्रेलियाको ब्रिसबेनकी एक महिलालाई टोकेको छ । ट्वाइलेट बस्दा सर्पले टोकेपछि ति महिला जुरुक्क उठेकी थिइन् ।

हेलेन रिचार्डस नामकी ५९ बर्षया महिलालाई कालको रंगको सामान्य विष भएको सर्पले मंगलबार टोकेको थियो । डेढ मिटर लामो कालो कार्पेट पाइथोन सर्पको टोकाईबाट उनलाई सामान्य घाउ भएको छ ।

ह्याडलर जसमिन जेलेनीका अनुसार गर्मीका समयमा ट्वाइलेटमा यसरी सर्प भेटिनु सामान्य हो । उनीहरु चिसो खोज्दै ट्वाइलेटसम्म पुग्ने गरेको बताइन्छ । सर्पको टोकाइ भोगेकी रिचार्डका अनुसार उनी उठिन र कालो लामो घाँटी भएको सर्पलाई हेरिन् । अस्ट्रेलियाको पूर्वी भागमा पाइने कार्पेट पाइथोन साधारण सर्प हो । ति विशालु हुँदैनन् तर टिटनसको उपचार भने गराउनुपर्छ ।

यस्ता घटना मुलुकमा दर्जनजति भएको चर्चामा छ । गर्मीका कारण अस्ट्रेलियामा घोडाहरु र कतिपय ठाउँमा माछा पनि मरेको खबरहरु आइरहेका छन् । बीबीसी