५ कार्तिक २०८३, बिहिबार

प्रदर्शनमा नआउँदै लफडामा फस्यो ‘प्रेमलीला’, निर्देशक पाण्डे भागेकै हुन त ?

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । फागुन १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमलीला’की नायिका दिपशिखा खड्काले फिल्मका निर्देशक जनक पाण्डेलाई गम्भीर आरोप लगाएकी छिन् । उनले फिल्मको आधा छायाँकन सकिन लाग्दा फिल्म छायाँकन सेट छोडेर हिँडेका निर्देशक पाण्डेले आर्थिक हिनामिना गरेको आरोप लगाएकी हुन् ।

नायिका खड्काले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै फिल्ममा लागानी समेत गर्ने सर्तमा पाण्डे निर्देशक बनेको र छायाँकनको समयमा पैसा निकाल्न नसकी आफूसँग लिएको पैसाको समेत हिसाब–किताब देखाउन नसकेर भागेको बताएकी छिन् ।

स्टाटसमा उनले भनेकी छिन्, ‘मैले बार–बार फोन सम्पर्क गरे, फेसबुकमा म्यासेज गरे कुनै जवाफ आएन त्यसपछी रिसले गाली गरेर म्यासेज गरे, पुलिस केस गर्ने धम्की दिए तर पनि केही सिप लागेन ।’ निर्देशक पाण्डेले आफूलाई धोका दिएको कारण आफूले सुन र गाडी समेत बेच्नु परेको गुनासो पोख्दै नायिका खड्काले निर्देशक पाण्डेकी श्रीमती बिष्णु चापागाई पाण्डेबाट आफूलाई विभिन्न अपशब्द सहितका म्यासेज आएको र आफूले मानसिक तनाव भोग्नु परेको बताएकी छिन् ।

पछिल्लो समय सार्वजनिक फिल्मसँग सम्बन्धित सामाग्रीहरुमा समेत निर्देशकको नाम हटाइएको छ । फिल्ममा नायिका खड्कासँगै अलि खान, मौसम खड्का लगायतको अभिनय रहेको छ । प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद समेत नायिका खड्काले नै लेखिकी हुन् ।

उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ :