५ कार्तिक २०८३, बिहिबार

‘यो मान्छेको चोला’को म्युजिक भिडियो रिलिज

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक सुरेशरमण अधिकारी र हिमाल शर्मा तथा गायिका सीता बरालको स्वरमा रहेको ‘यो मान्छेको चोला…’ बोलको लोक दोहोरी गीत रिलिज भएको छ ।

शर्मिला पुरीको संगीत, महेश नेपालको शब्द रहेको यो गीतलाई जनता डिजिटल फिल्मस प्रालिले बजारमा ल्याएको हो । म्युजिक भिडियोलाई शर्मिला पुरीले नै निर्देशन गरेकी छिन् ।

म्युजिक भिडियोमा केशव सापकोटा, अनु पराजुली, विजय कुँवर र आरोबी शाही ठकुरीको अभिनय रहेको छ ।

अमृत चापागाइँले सम्पादन गरेको यो गीतको छायाँकन मुकेश हुमागाइँले गरेका हुन् ।