३१ आश्विन २०८३, शनिबार

रेनल्ट र निशानलाई एक बनाउन जापानसँग फ्रान्सको प्रस्ताव

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस, फ्रान्स, ६ माघ । फ्रान्सले जापानी तथा फ्रान्सेली कार कम्पनीहरू, निशान र रेनल्टलाई एउटै कम्पनीमा मिसाउने (मर्जर) प्रस्ताव अघि सारेको जापानी सञ्चारमाध्यमले आइतबार बताएका छन् । निशानका अध्यक्ष कार्लोस गोउनलाई आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरेपछि फ्रान्सले उक्त प्रस्ताव ल्याएको सञ्चारमाध्यममा समाचार आएका हुन् ।

तर फ्रान्सका वित्तमन्त्रीले भने वर्तमान संरचनालाई परिवर्तन गर्ने औपचारिक प्रस्ताव भैनसकेको बताएका छन् ।

जापानी निशान, मिटसुबिसी र फ्रान्सको रेनल्टबीच शक्तिशाली गठबन्धन गराएर नेतृत्व सम्हालेका गोउनलाई गत बर्षको नोभेम्बरमा आर्थिक अनियमितता गरेको आरोपमा पक्राउपछि नेतृत्वबारे विवाद देखिएको छ ।

रेनाल्टका निर्देशकसमेत रहेका मार्टिन भियालको नेतृत्व रहेको प्रतिनिधिमण्डलले जापानी अधिकारीलाई टोकियोमा दुई कम्पनीलाई विलय गराउने प्रस्ताव गरेको जापानी समाचार संस्था, क्योदो न्यूज एजेन्सीले यस मामिलामा जानकार स्रोतलाई उद्धृत गरी समाचार लेखेको छ ।

रेनल्टमा फ्रान्स सरकारको सबैभन्दा बढी अर्थात् १५ प्रतिशतभन्दा बढि शेयर रहेको छ भने जापानी निशान कम्पनीमा रेनल्टको ४३.४ प्रतिशत शेयर रहेको छ ।

“दुवैलाई मिलाउने प्रस्ताव फ्रान्सका राष्ट्रपतिको इच्छा अनुसार आएको हो,” क्योदोले लेखेको छ ।

जापानको आर्थिक दैनिक निक्केइले पनि फ्रान्सको प्रतिनिधिमण्डलले दुई कम्पनीलाई एक ९विलय० गराउने प्रस्ताव गरेको तर निशानले उक्त प्रस्तावमाथि विरोध जनाएको लेखेको छ । –एजेन्सी