२९ आश्विन २०८३, बिहिबार

रारा-गोल्ड कपमा नवजनजागृति क्लबको विजयी सुरुवात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rara-gold-cup-football

पोखरा, २० माघ । सहारा क्लब पोखराको आयोजना तथा रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा मंगलबारदेखि पोखरा रङ्गशालामा तेह्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिम र विदेशी गरी १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको शुभारम्भ गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले प्रतियोगिताबाट यस क्षेत्रको खेलकुद र पर्यटनको क्षेत्रमा विकास हुने बताउनुभयो ।

मंगलबार भएको उद्घाटन खेलमा नवजनजागृति युवा क्लब सिमराले आयोजक सहारा क्लब पोखरालाई टाइब्रेकरमा ४÷३ गोलले पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

भोलिको खेल नेपाल एपिएफ क्लब र सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलालीबीच हुनेछ ।