३१ आश्विन २०८३, शनिबार

चीन–अमेरिका व्यापार वार्ताले विवाद हटेन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन, ६ माघ । ह्वाइट हाउसका आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले चीन–अमेरिकाबीच रहेको व्यापार विवाद वार्ताबाट सकारात्मक दिशामा गएको तर समस्याको ‘व्रेकथु्र’ नै भैनसकेको बताएका छन ।

‘हामीले बेइजिङमा भएको उप–मन्त्रीस्तरीय वार्ताबाट चीन विवादमा केही प्रगति गरेका छौँ’, राष्ट्रपतिका आर्थिक सल्लाहाकार तथा राष्ट्रिय आर्थिक परिषद्का निर्देशक कुड्लाले अमेरिकी टेलिभिजन फक्स विजिनेसलाई बताएका छन ।

उनले भने, ‘केही पनि समाधान भएको छैन, कागजमा केही सम्झौता भएको छैन ।’  ‘सहमतिबारे आएका हालैका समाचारहरू सही होइनन्’, उनले भने ।

बेइजिङले विगत पाँच वर्षदेखि अमेरिकासँग देखिएको व्यापार नाफालाई घटाउन सहमत बनेको र यसका कारण विश्व शेयर बजारमा समारात्मक सन्देश गएको भन्ने ब्लुमवर्गको समाचारलाई खण्डन गर्नेगरी आएको हो ।

अमेरिकाले व्यापार विवाद सुल्झाउन यसै महिना आफ्नो प्रतिनिधिमण्डललाई बेइजिङ पठाएको थियो ।