– यमबहादुर बम
धनगढी, २० माघ । देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता होटल डिभोटी एसपीए कप २०१५ मा पेण्टागन कलेज काठमाडौंले सेमीफाईनलको यात्रा तय गरेको छ ।
यो संगै प्रतियोगितामा सेमीफाइनल पुग्ने पहिलो टीम पनि बनेको छ । कञ्चनपुरको सनराईज कलेजलाई १६ रनले पराजित गर्दै पेण्टागन सेमीफाईनलमा प्रवेश गरेको हो ।
टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको पेन्टागनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो । उसका ब्याट्सम्यानहरुले विष्फोटक ब्याटिंग गरेका थिए । खेलका म्यान अफ द म्याच भएका राजेश पुलामीले २८ बलमा ६ छक्का तथा ५ चौकाको मदतले ६८ रन बनाए ।
त्यस्तै, विनोद भण्डारीले नटआउट ३७ बलमा ५६ रन बनाए । उनले ४ चौका अनि ३ छक्का प्रहार गरे । त्यस्तै ओपनर सागर पुनले ३६ रनको कसिलो सुरुवात गरेपछि पेन्टागनले सेमीफाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
त्यस्तै बलिंगतर्फ सुनिल धमला, दिनेश आग्री, अखिल चौधरी तथा अविनाश कर्णले समान १ विकेट हात पारे । निकै प्रतिस्पर्धात्मक प्रतिस्पर्धा गर्यो । अमित श्रेष्ठले नट आउट ८५ रन हान्दा एक समय सनराईजको पल्ला भारी थियो । उनले ७ छक्का र ६ चौका प्रहार गरि दर्शकलाई खुब रोमाञ्चित पारे ।
त्यस्तै सनराईजका भिम सार्कीले १९, सुनिल धमलाले १५ रन बनाए पछि सनराईजले २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन मात्र बनाउन सक्यो । पेन्टागनका महबुव आलमले २ विकेट लिए ।
त्यस्तै विहान भएको अन्तिम नकआउट चरणको खेलमा एसपीएले जगन्नाथलाई पराजित पार्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
त्यस्तै, भोली हुने क्वाटरफाईनलका खेलहरुमा विहान न्यु होराईजन बुटवल र मेरील्याण्ट विराटनगर तथा दिउँसो होलील्याण्ड नेपालगंञ्ज र गोल्डनगेट काठमाडौं भिड्नेछन् ।














प्रतिक्रिया