२९ आश्विन २०८३, बिहिबार

डाक्टर मार्ने दुई जनालाई फाँसीको सजाय सुनाइयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fasi

कराँची, २० माघ । डाक्टरलाई मार्ने दुई जनालाई फाँसीको सजाय सुनाइएको छ ।

यो खबर पाकिस्तानको हो । पाकिस्तानमा दुईजना आतङ्ककारीलाई मङ्गलबार फाँसी दिइएको छ । ती आतङ्ककारीलाई सिया मुसलमान एकजना चिकित्सकको हत्या गरेको आरोप प्रमाणित भएपछि सो सजाय दिइएको हो ।

अताउल्लाह अलिआस कसिम र मोहमद आजाकले चिकित्सक अलि रजालाई सन् २००१ मा हत्या गरेका थिए । पाकिस्तानको ठूलो सहर कराँचीकै बजार क्षेत्रमा उनको हत्या भएको थियो ।

पाकिस्तानी सरकारले आतङ्ककारी मुद्दामा परेकालाई फाँसीको सजाय दिने निर्णय गरेयता २२ व्यक्तिलाई फाँसीको सजाय दिइएको छ । गत महिनादेखि मात्र पाकिस्तानले फाँसीको सजायलाई पुनः कार्यान्वयनमा ल्याएको हो ।

गत डिसेम्बर १६ मा तालिवानी आतङ्ककारीहरुले एक सैनिक विद्यालयमा गरेको आमहत्यामा १५० व्यक्तिको मृत्युपछि पाकिस्तान सरकारले सो फाँसीको सजाय पुनः सुरु गरेको हो ।

अताउल्लाह र मोहमदलाई स्थानीयसमयाअनुसार मङ्गलबार बिहान ६ः३० बजे फाँसी दिइएको र उनहरुहको शव आफन्तलाई बुझाइएको कारागारका एक अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् ।

यी दुबै प्रतिबन्धित सुन्नी आतङ्ककारी समूह लसाकार ई झाङ्भीका सदस्य भएको जनाइएको छ । उनीहरुलाई कराँची कारागारमा झुण्डाएर हत्या दिइएको हो । रासस/एएफपी