९ कार्तिक २०८३, सोमबार

५२ हजार कर्मचारीले भरे समायोजनको फारम

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । कर्मचारी समायोजनका लागि ५२ हजार कर्मचारीले फारम भरेका छन् । कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका प्रमुख सहसचिव केदार पनेरुले ५२ हजार ३ सय ९० कर्मचारीले समायोजन फारम भरेको जानकारी जानकारी दिएका छन् ।

उनकाअनुसार निजामतीतर्फ ५१ हहजार २८४ र स्थानीय तहलगायत अन्य सेवाका एक हजार १०७ जनाले फारम भरेका छन् । अनलाइन फाराम २४ घण्टा नै खुला गरिएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

संघमा ३६ हजार ११०, प्रदेशमा ४४ हजार ७६३ र स्थानीय तहमा दुई लाख ४८ हजार ६६० ले समायोजन फारम भरेका छन् । कर्मचारीले प्रदेश र स्थानीय तहमा एकभन्दा बढी रोज्न पाउने व्यवस्था रहेको छ ।

७० हजार ६८३ कर्मचारीले आफ्नो विवरण भेरीफाइ गरिसकेका छन् । निजामतीतर्फ ६९ हजार २१२ जना तथा अन्य सेवातर्फका एक हजार ४७१ जनाले आफ्नो विवरण भेरीफाइ गरेका छन् ।

हाल निजामतीतर्फ ९० हजार ,स्थानीय तहमा १७ हजार तथा अन्य सेवामा २ हजार कर्मचारी कार्यरत छन् । सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ जना गरी एक लाख ३० हजार एक ७८ कर्मचारी समायोजन गर्दैछ । कार्यरत कर्मचारीको समायोजन गरेपछि बाँकी रहेको दरबन्दीको लागि लोकसेवा मार्फत विज्ञापन गरेर पदपुर्ती गर्ने तयार सरकारले गरिरहेको छ।

सरकारले गत पुस ११ गते कर्मचारी समायोजन सम्बन्धी २१ दिने अनलाइन आवेदनको सूचना जारी गरेको थियो । सुरुवातमा सुस्त रहेको फारम भर्ने कार्य म्याद नसकिन लाग्दा तीब्र भएको छ । अब फारम भर्ने म्याद दुई दिन मात्र बाँकी छ । कर्मचारीको विरोधका बाबजुत पनि फारम भर्ने काम भने प्रभावित भएको छैन।

कर्मचारीको विवरण अध्यावधिक गर्न निजामती किताबखाना समेत हप्ताको सातै दिन खुला गरिएको छ । किताबखानाका महानिर्देशक जयनारायण आचार्यले समायोजनका लागि शनिबार पनि कर्मचारीको विवरण अध्यावधिक गर्ने काम भइरहेको बता ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तत्काल नै कर्मचारीको समायोजन गरिने जानकारी दिए