३१ आश्विन २०८३, शनिबार

सिरियाबाट अमेरिकी सेना फिर्ता हुन शुरु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेरुत, २७ पुस । सिरियामा तैनाथ अमेरिकी नेतृत्वको सैनिकहरु फिर्ता हुनेक्रम शुरु भएको छ । गठबन्धनका एकजना प्रवक्ताले सैनिक फिर्तीको स्थान वा समय तालिकाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेका छन् ।

प्रवक्ता कर्णेल सीन रायानले जारी गर्नुभएको विज्ञप्तिमा सिरियाबाट अमेरिकी सेना फिर्ता हुन थालेको बताउनुभएको छ । “सुरक्षाका कारण कुनै समय तालिका, स्थान वा सैनिकको यात्राका बारेमा केही बताउन सकिन्न ।”

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उत्तरपूर्वी हासाकेह प्रान्तको राइलान हवाई अखडाबाट सैनिकको संख्या घटाउन थालेको जानकारी प्राप्त भएको जनाएको छ ।

“बिहीबार, केही अमेरिकी सैनिकहरुले उक्त हवाई अखडा छाडेका छन्,” अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले बताउनुभयो ।

“अमेरिकी राष्ट्रपतिको घोषणापश्चात अमेरिकी सैनिकको यो पहिलो फिर्ती हो,” उहाँले बताउनुभयो । गत डिसेम्बर १९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा तैनाथ सबै अमेरिकी सैनिकलाई फिर्ता गर्न आदेश दिनुभएको थियो । सिरियामा करिब दुई हजार अमेरिकी सैनिक तैनाथ छन् । –एजेन्सी