३१ आश्विन २०८३, शनिबार

रेलमा चढेर पत्नीसहित चीन पुगे किम जोङ उन

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, २४ पुस । उत्तर कोरीयाली नेता किम जोङ उन चीन पुगेका छन् । राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा उनी चीन पुगेपनि भ्रमणबारे यसअघि केही बताइएको थिएन ।

श्रीमती रि सोल जुसहित चीन पुगेका नेता किम पर्सिसम्म चीनमा रहने चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किमबीच दोस्रो शिखर सम्मेलनका लागि छलफल भइरहेको खबर सार्वजनिक भइरहेका बेला नेता कीम चीन पुग्नुभएको हो । नेता किम र राष्ट्रपति ट्रम्पबिच गएको जुन महिनामा सिंगापुरमा शिखर सम्मेलन भएको थियो ।

एक वर्षभन्दा कम समयमा किम चौथो पटक चीन पुगेका हुन् । किम रेलमा चढेर चीन गएको अनुमान गरिएका खबर सोमबार सार्वजनिक भएका थिए ।

व्यापार र अनुदानको मुख्य साझेदार रहेको चीनलाई उत्तर कोरीयाको कुटनीतिक मामिलाको सहयोगी पनि मानिन्छ ।