३१ आश्विन २०८३, शनिबार

ब्राजिलले दूतावास जेरुसेलममा सार्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्रासिलिया, २१ पुस । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले इजरायलको जेरुसेलममा आफ्नो देशको दूतावास सार्ने तयारी गरेको बताएका छन ।

‘यो हाम्रो आफ्नै देशको मामिला भएकाले न इरानसँगको मामिला हो न अरबी देशहरूसँगको मामिला हो’, उनले भने ।

एसबीटी टेलिभिजनलाई दिएको अन्तर्वातामा उनले यो विषयमा निर्णय भइसकेको र अव कार्यान्वयनको चरणमा रहेको बताएका हुन ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु यही जनवरी एक तारिखका दिन राष्ट्रपति बोल्सोनारोको सपथग्रहण समारोहमा सहभागी भएको केहीदिन पछि यस्तो निर्णय सार्वजनिक भएको हो ।

ब्राजिलका नयाँ राष्ट्रपति बोल्सोनारोको अमेरिका र इजरायलसँग राम्रो सम्वन्ध रहेको मानिन्छ । ब्राजिलको दूतावास जेरुसेलममा सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वदायी भूमीका रहेको मानिएको छ ।

जेरुसेलमलाई इजरायलको राजधानी मान्ने की नमान्ने भन्ने बारेमा विवाद नै रहेकाले ब्राजिलको दूतावास जेरुसेलममा सार्ने निर्णय विवादास्पद निर्णय हो ।