२९ आश्विन २०८३, बिहिबार

बार्सिलोनाको जितमा मेस्सीको निर्णायक गोल, रोनाल्डो दबाबमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cristiano ronaldo vs lionel messi

काठमाडौं, १९ माघ। विश्व फुटबल खेलका स्टार लिओनल मेस्सीको निर्णायक गोलले स्पेनिस ला लिगामा बार्सिलोना ३–२ गोलले विजयी भएको छ ।

बार्सिलोनाले आर्इतबार राति भएको खेलमा भिल्लारियललाई ३–२ गोल अन्तरले पराजित गर्‍यो । बार्सिलोनाले यो जितसंगै लिगको शिर्ष स्थानमा रहेको स्टार खेलाडी रोनाल्डोको टिम रियल मड्रिडलाई दबावमा राखेको छ ।

बार्सिलोनाको २१ खेलबाट ५० अंक पुगेको छ । रियल मड्रिडको ५१ अंक सहित शिर्ष स्थानमा छ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भिल्लारियलमाथि प्रतिस्पर्धी जित निकालेको हो ।

खेलको ३० औं मिनेटमा भिल्लारियलका डेभिस चेरिशेवले गोल गरे । पहिलो हाफको अन्तिम समयमा नेयमारको गोलले वार्सिलोना बराबरीमा पुग्यो । रफिन्हाको प्रहार भिलरियलले पन्च गरेपछि बाउन्स भएको बलमा नेयमारले गोल गरे ।

दोस्रो हाफको ५१ औं मिनेटमा भीटोले गोल गरेपछि बार्सिलोना २–१ ले पछि पर्‍यो । तर, त्यसको दुई मिनेटपछि नै रफिन्हाले घरेलु टोलीका लागि बराबरी गोल गरे । स्वरेजको पासमा मेस्सीको हेड विपक्षी खेलाडीमा ठोक्किएर फर्किएको बलमा उनले गोल गरेका हुन् ।

खेलको ५५ औं मिनेटमा स्वरेजको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए । खेलमा अन्य गोल हुन नसक्दा वार्सिलोना वियजी भयो । ला लिगामा मड्रिड र वार्सिलोनाबीच कडा प्रतिस्पर्धा भइरहेको छ । कस्ले उपाधि जित्छ त्यो हेर्न बाँकी नै छ ।