३१ आश्विन २०८३, शनिबार

चीनमा आठ लाख सामाजिक संस्था दर्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ्, २० पुस । चीनको नागरिक मामिला मन्त्री हुअङ शुसिआनले देशभरी आठ लाख भन्दा बढी सामाजिक संस्था दर्ता भएको जानकारी दिएका छन ।

बिहीबार भएको एउटा भिडियो सम्मेलनमा उहाँले चीनका सामाजिक संघसंस्थाहरु विभिन्न प्रकृतिका रहेको बताए ।

चीनमा सामुदायिक समूहहरू, कोष, औद्योगीक संस्था र गैर–नाफामुलक विभिन्न संस्थाहरु सामाजिक संस्थाका रुपमा क्रियाशील रहेको उनको भनाई छ ।

देशमा अवैध रुपमा रहेका पाँच हजार ८४५ ओटा सामाजिक संस्थाहरुका बारेमा अनुसन्धान गरेर गत बर्ष बन्द गरिदिएको पनि मन्त्री शुसिआनले जानकारी दिए ।

चीनमा झण्डै १२ हजार स्वयमसेवी संस्थाहरु दर्ता भएका छन् । ती संस्थाहरुका झण्डै दश करोड स्वयमसेवकहरु दर्ता छन् ।

ती स्वयमसेवकहरुले एक अरब २० करोड घण्टा स्वयमसेवी काम गर्ने मन्त्री शुक्षीनले बताए ।