३१ आश्विन २०८३, शनिबार

पाकिस्तानमा किसानको बिच्चलीः खेतीपाती गर्न लिएको ऋण तिर्न असमर्थ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लाहोर, १९ पुस । पाकिस्तानका एक किसान मोहम्मद याकुवले खेतीपाती गर्नका लागि पहिलो पटक आफनो श्रीमतिको गहना धरौटी राखेर बैंक बाट ४० हजार कर्जा लिएका थिए । उनले सो कर्जा चुक्ता गर्न सकेनन् । कृषिमा लगानी गरेको सो पैसा उत्पादन सामग्री विक्री गर्दा उनले नोक्सानी व्यहोर्नु पर्यो ।

अहिले उनले लिएको कर्जाको ब्याज बढेर १ लाख ७० हजार पुग्यो । अर्को साल फेरि उनले आफनो भाउजुको गरगहना धरौटी राखेर कर्जा लिए, अहिले उनको कर्जा २ लाख पुगेको छ । पुनः त्यतिले नपुगेपछि उनले दोश्रो भाउजुको गहना पनि धरौटी राखेर कर्जा लिएका छन् ।

बैंकको आलावा उनले अझै ११ लाख कर्जा लिएका छन्, । उनले सो कर्जा मल, बीजविजनमा उधारो खरिद गर्दा लिएका हुन । उनले उक्त कर्जा साँवा ब्याज सहित चुक्ता गर्नुपर्ने छ ।

कुल गरेर अहिले उनको टाउको माथि जम्मा १९ लाख कर्जा रहेको छ । उनले लिएको कर्जा फिर्ता गर्नका लागि दिनँहु जसो ऋण तिर्न दवाव दिने गरेका छन् ।

याकुव भन्छन्, म उनीहरुलाई बैंकको चेक दिएको छु, चेक फिर्ता भएपछि उनीहरु मलाई धम्की दिन्छन् । उनीहरुले कर्जा नतिरे प्रहरीमा लैजाने त्रास देखाँउछ, अनि जसरी पनि यताउताबाट मागेर उनीहरुको कर्जा दिनु परेको छ । यो कथा केवल याकुवको मात्र होइन, प्राय जसो पाकिस्तानका कृषि पेशामा लागेका सबै किसानका हुन ।

पाकिस्तनका किसानहरुले तत्काल सरकारले कृषकहरुका लागि कुनै ठोस कदम उठाउने सम्भावना देखेको छैन । उनीहरु भन्छन्, हामीलाई लाग्दैन सरकारले तत्काल किसानको लागि केही कदन उठाउने तयारी गरेको छ ।

पाकिस्तानमा बनेको नयाँ सरकारले पनि किसानको लागि खासै केही उपलब्धी मुलक गरेको कृषकहरुले अनुभुति गरेका छ्रैन । किसानले खेतीपाती गर्न लिएका ऋण दिन प्रति दिन बढ्दो ब्याजले चिन्तीत छन् ।सरकारले लिएको गलत नीतिको कारणले आफुँहरुको अवस्था नाजुक बन्दै गएको प्रति चिन्तीत छन् ।

किसान र कर्जा

मोहम्मद याकुव बानी व्यहोराले उधारो खाता चलाउने व्यक्ती भने चाही होइन, पाकिस्तानके पंजाव जिल्लाको ओकाडा जिल्लाको एक गाँउमा बस्ने किसान हुन । जसको लागि बैंकबाट कर्जा लिने बारेमा सोच्नु पनि एक समय पापको बराबर थियो । तर जमाना अब त्यो रहेन ।

उनीहरुको परिवार चार भाईको कुल मिलाएर १८ एकड भूमि छ । आज भन्दा २ वर्ष पहिले उनी सरकारी जागिरबाट अवकास पाएर परम्परागत पेशा खेती अपनाएका हुन ।

आफनो जमिनको आलावा उनले ७५ एकड जमिन खेतीपाती गर्न ठेक्कामा समेत लिएका छन् । जुन खेलमा उनले मक्कै र आलु खेती गर्दै आएका छन् ।

उनको जिल्ला प्रायः यिनै कृषि उपजको लागि परिचित छन् । उनको लागि सुरुवात निकै राम्रो थियो, तर पच्छिलो तीन वर्ष देखि लगातार नोक्सानी व्यहोर्नु परेको छ, यहाँ सम्म कि अहिले उनी कर्जाको जालमा फसी सकेको छ, उनले बताए ।

तत्काल ति कर्जा उनले चुक्ता गर्ने कुनै सम्भावना छैन । किनभने, जुन कारणले उनीे यो अवस्था सम्म पुगेका छन, निकट भविष्यमा त्यो सुध्रिने कुनै सम्भावना उनले देखेका छैन ।
सबै फाइदा बिचौलियालाइ

उनी भन्छन्, दुनियामा सायद पाकिस्तान नै एउटा त्यस्तो देश हो जहाँ खेती र कृषिमा यति ठुलो कर लगाइन्छ । दुनियामा कहि पनि कृषि र खेतीपातीमा जेनरल ट्याक्स लगाईदैन । यो कर उत्पादन माथिको कर हो ।

अर्को तर्फ, सरकार केवल गहृँ र उखुको समर्थन मुल्य निर्धारण गर्छन । यसको आलावा २४ उत्पादनको लागि यो सुविधा छैन । तसर्थ किसान अन्य बाली र उत्पादन विक्रीका लागि बिचौलियाको मनमौजी भरोसामा चलेका छन् । बिचौलियाले उनीहरुको फाइदाको रकम खाइ दिन्छन् ।

अर्का किसान मियाँ फारुक भन्छन् , भारतमा किसानलाई पाकिस्तानको तुलनामा हजार गुना बढी सरकारी सब्सिडी पाउँछन्, जसको कारण किसानको कम खर्च र लगानी हुन्छ, कम लगानी र खर्च भएको हुनाले सस्तोमा बेच्दा पनि फाइदा नै हुन्छ ।

उनी भन्छन् , जब बजारमा आलु पाँच सय रुपैया बोरा पाउँछ भन, हामीले उत्पादन गरेको आलु बोराको १५ सय तिरेर कसले खरिद गर्ने ? एजेन्सी