३१ आश्विन २०८३, शनिबार

हुवावेको फाइभजी नेटवर्कको उत्पादनमा बेलायत पनि चिन्तित

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ पुस । बेलायती रक्षामन्त्री ग्याभिन विलियम्सनले हुवावेको ५जी नेटवर्कको उत्पादनप्रति चिन्ता व्यक्त गरेका छन्। उनले राष्ट्रिय सुरक्षामा आघात पुग्नसक्ने भन्दै हुवावेईको प्रयोग रोक्नुपर्ने बताएका हुन्। बुधबार उनले हुवावेईको सेवाबारे नजिकैबाट नियाल्नुपर्ने आवश्यकता रहेको बताए।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै केही मुलुकहरुले हुवावेईको ५जी सेवाका उत्पादनमा रोक लगाउने निर्णय गरेसँगै बेलायतमा पनि कम्पनीबारे चर्चा सुरु भएको हो। बेलायतले केही वाणिज्य क्षेत्र लक्षित साइबर आक्रमणमा चीनको सहयोग रहेको आरोप लगाउँदै आएको छ। हुवावेईले भने चीन सरकारसँग कम्पनीको कुनै सम्बन्ध नरहेको भन्दै बचाउ गर्ने गरेको छ।

अष्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाले ५जी मोबाइल नेटवर्कमा प्रतिबन्ध लगाइसकेकोमा बेलायतले उनीहरुलाई उदाहरणको रुपमा लिनुपर्ने बताए। हुवावेई कम्पनीको स्थापना पूर्व चिनियाँ सेनाका अधिकारीले गरेका हुन् ।

कम्पनीले भने बारम्बार चिनियाँ सरकारसँग कुनै सम्बन्ध नरहेको दाबी गर्दै आएको छ। बेलायती दूरसञ्चार कम्पनी बीटीले यसअघि नै ३जी र ४जी नेटवर्कबाट पनि हुवावेईका उपकरण हटाउने बताएको थियो। साथै ५जी सेवामा पनि उक्त कम्पनीको उपकरण प्रयोग नगर्नका लागि आग्रह गरेको थियो।

यसैसाता बेलायतको आपतकालीन सेवाको प्रमुख सञ्चारमा हुवावेईका उपकरणहरु हटाइएको पुष्टि भएको थियो। गत साता अमेरिकाले पश्चिमा कम्पनीहरुको कम्प्युटर नेटवर्क ह्याकिङमा चिनियाँ नागरिकहरुको संलग्नता रहेको हुनसक्ने बताएको थियो। साथै चीनले साइबर जासुसी गरिरहेको उसको आरोप थियो।