२९ आश्विन २०८३, बिहिबार

एसपीए कपमा विराटनगर र नेपालगञ्ज विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nisha-spa cup ma

–यमबहादुर बम

धनगढी, १८ माघ । सर्वाधिक धनराशीको होटल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगितामा विराटनगर र नेपालगञ्जले क्वाटरफाईनलको यात्रा तय गरेका छन् ।

आईतबार धनगढी रंगशालामा भएका खेलमा प्रतिस्पर्धी टिमलाई पराजित गर्दै दुवै टिम क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
विहान भएको पहिलो खेलमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया कैलालीलाई २२ रनले पराजित गर्दै मेरील्याण्ड कलेज बिराटनगर क्वाटरफाईनलमा प्रबेश गरेको छ ।

त्यस्तै दिउँसो भएको खेलमा टीकापुर बहुमुखी क्याम्पसलाई पराजित पार्दै होली ल्याण्ड उच्चमावी पनि क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
प्रतिस्पर्धात्मक खेलमा टस जीती पहिले ब्याटिंग गरेको मेरील्याण्डले १९.२ ओभरमा आफ्ना सवै विकेट गुमाएर १५९ रन बनायो ।
मेरी ल्याण्डका लागि सम्मानजक योगफलका लागि खेलका प्लेयर अफ द म्याच समेत रहेका सुभम चौहानले टीमका लागि ५१, बिवेक झाले ३५ र हरिशंकर शाहले २८ रन जोडे ।

दुगालक्ष्मीका लागि संजय पन्तले ४, संकटा प्रसादले ३, भुवन केसीले २ र बिनोद लामाले १ विकेट लिएका थिए ।

१६० रनको बिजय लक्ष्यका साथ मैदान उत्रेको दुर्गालक्ष्मी २० ओभरमा ९ विकेट गुमाई १ सय ३७ रनमा खुम्चियो । खेलको पाचौ ओभरमा दुर्गालक्ष्मीले आफ्ना ओपनर ब्याट्सम्यान, कत्पान राजु रिजाल र ज्ञानेन्द्र कुवर लाई गुमाएपछि दुर्गालक्ष्मी केहि दबाबमा देखिएको थियो ।

तर चौथो ब्याटसम्यानका रुपमा मैदान छिरेका राजबिर सिंहले ब्यक्तिगत ५८ रन जोडेपनि टिमलाई हार बाट जोगाउन सकेनन । टीमका लागि कप्तान राजु रिजालले २०, ज्ञानेन्द्र कुँवर र मिलन धामीले १३/१३ रन जोडेपनि अरु ब्याटसम्यान खासै चल्न नसक्दा दुर्गालक्ष्मी तुलनात्मक रुपमा कमजोर मानिएको मेरिल्याण्ड संग पराजित बन्न पुग्यो ।

दुर्गालक्ष्मीलाई सस्तैमा समेट्न कप्तान मंजित श्रेष्ठ र रामनरेश गिरीले समान २/२ विकेट लिए । यस्तै टीमका लागि अजय राजबंशी, सिभम चौहान र कुमार कार्तिकेले एक/एक विकेटको योगदान दिए ।

प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा होलील्याण्ड कलेज नेपालगंजले टीकापुर बहुमुखी क्याम्पस टीकापुरलाई १ सय ४९ रनको बिजय लक्ष्य दिएको छ । निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै होलील्याण्डले १ सय ४८ रन जोडेको छ ।

होलील्याण्डका लागि हसन अख्तर ४७, अमर सिंह रौटेला ३०, प्रज्वल शाही २५ रन बनाए । बलिंग तर्फ टीकापुरका सुबास शाही ठकुरीले ४, सुदिप शाहीेले २ विकेट लिए ।  टीकापुर १६ ओभरमा आफ्ना सवै विकेट गुमाएर ८० रनमा स्तब्ध रह्यो । टीकापुरका हिक्मत खड्काले ३० बाहेक अन्यले राम्रो ईनिंग खेल्न पाएनन ।

खेलका म्यान अफ द म्याच समेत रहेका नेपालगंज हसन अक्तरले ४ विकेट लिदाँ होलि ल्याण्डको जीत सहज बनेको थियो । भोली गोल्डनगेट काठमाण्डौ र त्रिपुरा सुन्दरी अछाम बिच तथा दिउँसोको खेलमा सनसाईन कलेज भैरहवा र सुदूरपश्चिम विश्वविद्यालय भिड्ने छन् ।