३१ आश्विन २०८३, शनिबार

बंगलादेशको प्रधानमन्त्रीमा शेख हसिना तेस्रो पटक निर्वाचित

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ पुस । बंगलादेशको प्रधानमन्त्रीमा शेख हसिना वाजिद तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् ।

आइतबार सम्पन्न संसदीय निर्वाचनमा उनको पार्टी अवामी लिगले ३ सय ५० सिटमध्ये २ सय ८१ सिटमा विजय हासिल गरेकाे त्यहाँको निर्वाचन आयोगले जनाएकाे छ।

विपक्षी दल बंगलादेश नेश्नलिस्ट पार्टीले जम्मा सात सिटमा विजयी भएको छ । जितसँगै हसिना लगातार तेस्राे कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन्। हसिनाको पार्टी अवामी लिग सन् २००८ देखि नै बंगलादेशको सत्तामा छ। संसदका ३ सय ५० सिटमध्ये ५० सिटमा भने महिला प्रतिनिधि मनोनित हुने व्यवस्था छ।

निर्वाचनमा सत्तारुढ अवामी लिगका तर्फबाट हसिना र प्रतिपक्षी बंगलादेश नेश्नलिस्ट पार्टीबाट पूर्वप्रधानमन्त्री खालिदा जियाले प्रधानमन्त्रीमा उम्मेद्वारी दिएका थिए।

मुस्लिम धर्मावलम्बी बाहुल्य रहेकाे बंगलादेशमा मुलुकभरका ४० हजार १ सय ९९ मतदान केन्द्रमा १० करोड जना मतदानमा सहभागी भएको बीबीसीले जनाएको छ।

आइतबार निर्वाचनका क्रममा झडपमा हुँदा १७ जनाको मृत्यु भएको थियो।

यसैबीच, प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनल पार्टी (बीएनपी)ले भने चुनावी परिणाम अस्वीकार गरेको छ। चुनावमा सरकारले धाँधली गरेको उसको आरोप छ।

बीएनपीका नेता कमाल हुसेनले बीबीसीसँगको कुराकानीमा निर्वाचन परिणामलाई हास्यास्पद भन्दै निष्पक्ष सरकार गठन गरी पुनः मतदानको माग गरेका छन्। उनले बीबीसीसँग भनेका छन्, ‘निर्वाचन आयोगसँग हाम्रो आग्रह छ, यो हास्यास्पद नतिजा अमान्य घोषणा गरियोस् र जतिसक्यो छिटो एक निष्पक्ष सरकारको रेखदेखमा फेरि चुनाव गराइयोस् ।’

२२१ सिटमा गडबडी गरिएको विपक्षी दलको दाबी छ । चुनावमा धाँदली भएको भन्ने विषयमा छानविन गर्ने निर्वाचन आयोगले जनाएको छ ।