
काठमाडौं ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय संघ संस्थामा राजनीति घुसेर त्यसलाई प्रदुषित पारेको बताएका छन् ।
नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विकास र समृद्धिका लागि अघि बढेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले कानुनी शासन र समाजिक न्यायसहितको लोकतन्त्रलाई मजबुद बनाएर समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गरिने बताए । “सामाजिक सद्भाव र समानताको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर देशमा आर्थिक क्रान्ती हुन्छ” प्रधानमन्त्री ओलीले भने “हामीले लामो समय राजनीतिक क्रान्ति ग¥यौं । अब आर्थिक क्रान्ति गरेर देशलाई समृद्धिको बाटोमा हिँडाउनु पर्दछ ।”











प्रतिक्रिया