२८ आश्विन २०८३, बुधबार

स्थानीय तहले पनि राष्ट्रिय शिक्षा नीतिलाई अनुशरण गर्नुपर्छ : प्रधानमन्त्री ओली

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले पनि राष्ट्रिय शिक्षा नीति अनुरुप कै नीति तय गर्नुपर्ने बताएका छन् ।

उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले बिहीबार बुढानिलकण्ठमा आयोजना गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले शिक्षाको नीति नियम बनाउने कुरा प्रदेश र स्थानीय तहलाई पनि दिइएको छ तर यी निकायले पनि राष्ट्रिय शिक्षा नीतिको अनुशरण गर्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि धेरै बालबालिका विद्यालयबाहिर रहेको बताउदै उनीहरुलाई विद्यालय भर्ना गराउन सरकार प्रयासरत भएको बताए । ‘यस बर्ष हामीले कर्णालीबाट विद्यालय भर्ना अभियान सुरु ग¥यौं’, उनले भने, ‘आगामी बर्षभित्र विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुदैनन् ।’

नेपालीहरु विद्वान पूर्खाका सन्तान भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीले आफ्नो रुची अनुसारको अध्ययन गर्ने अवसर नपाउँदा पछि परेको बताए । अभिभावक र विद्यालयको रुची अनुसार पढिदिनु पर्दा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्न नसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘महंगो शुल्क लिएर पढाइरहेका निजी विद्यालयहरुलाई पनि म भन्न चाहन्छु पैसाको लोभमा विद्यार्थीको रुचीलाई नमार्नुहोस’, ओलीले भने, ‘ओलीले भने, ‘विद्यार्थीको रुचीअनुसारको विषय तपाईंको विद्यालयमा पढाइ हुँदैन भने उनीहरुलाई विद्यालयमा पढाउन सिफारिस गरिदिनुहोस् ।’

नेपाललाई विकासमा नेतृत्व गर्नसक्ने जनशक्ति आवश्यक परेकोले त्यसै अनुसारका विषयहरु छनौट गरेर पठन पाठन हुनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।