३१ आश्विन २०८३, शनिबार

आइएसलाई पराजित गर्ने लक्ष्य हासिल, सिरियाबाट अमेरिकी सैनिक फर्किन्छ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, ५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सिरियामा सक्रिय जिहादी शून्य समुदायको संगठन, स्लामिक स्टेट (आइएसआइएस) पराजित भएको बुधबार एक ट्वीट सन्देश लेख्दै बताएका छन ।

राष्ट्रपति ट्रम्पले अमेरिकी टेलिभिजन च्यानल सीएनएनले अमेरिकाले छिट्टै सिरियाबाट आफ्नो सैनिकलाई पूर्णरूपमा फिर्ता बोलाउने योजना रहेको बताएको केही समयमै अमेरिकी राष्ट्रपतिले आइएसआइएस पराजित भैसकेको बताएका हुन ।

आफ्नो नाम सार्बजनिक नगर्ने शर्तमा एक अधिकारीले भने, ‘सिरियाबाट सम्पूर्ण रूपमा सेना फर्किने तयार भइरहेको छ ।’

उनले भने, ‘हामीले सकेसम्म छिट्टै सिरियामा आफ्नो समूहलाई सघाउने सबैको सुरक्षाको प्रत्याभूत गराउँदै फर्किने तयारीमा छौँ ।’