२९ आश्विन २०८३, बिहिबार

सत्ता बचाउन प्रतिपक्षी नेताको घरमा विद्युत लाइन काटियो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

A worker installs new cables on an electric pole in Kathmanduढाका, १७ माघ । सत्ता गिराउने चलखेल बढेपछि प्रतिपक्षी नेताको घरमा विद्युत लाईन काटिएको छ ।

तर यो समाचार नेपालको भने हाईन् । बङ्गलादेशमा सरकारले प्रमुख प्रतिपक्षी नेता खालेदा जियालाई सरकारलाई प्रभावित बनाउने यातायात बन्द अन्त्य गर्न बाध्य बनाउन उहाँको घरमा विद्युत आपूर्ति काटेको हो ।

स्थानीय टेलिभिजनले सरकारद्वारा सञ्चालित ऊर्जा आपूर्ति संस्थाका प्राविधिकलाई जियाको घरको बाहिरी भागमा भर्‍याङ चढेर लाइन काटिरहेको देखाएको थियो । उक्त घरमा उहाँको कार्यालय पनि छ र उहाँ जनवरीको आरम्भदेखि सुरुभएको विरोध कार्यक्रमदेखि यहाँ रहनुभएको छ ।

ती प्राविधिकले लाइन काट्दै गर्दा पत्रकारहरुलाई आफूले प्रहरीबाट यस विषयमा अनुमति प्राप्त गरेको बताए । निजी क्षेत्रमा सञ्चालित च्यानल २४ टेलिभिजनले उहाँको कार्यालयका इन्टरनेट तथा स्याटलाइट सम्पर्क पनि काटिएको जानकारी दिएको छ ।

यस विषयमा प्रहरी तथा ऊर्जा संस्थाबाट कुनै पनि टिप्पणी आएको छैन । जियाको बङ्गलादेश नेसनालिस्ट पार्टी बीएनपीका प्रवक्ता समसुद्दिन दिदरले ६९ वर्षीया नेता यस ‘घृणित’ कार्यबाट ‘‘स्तब्ध तथा छक्क’ परेको बताउनुभयो ।

सरकारका एक मन्त्रीले उहाँले देशव्यापी यातायात अवरोध फिर्ता नलिए ऊर्जाको लाइन काटिने र उहाँलाई भोकै मर्न बाध्य बनाइने चेतावनी दिएको केही घण्टामै ऊर्जा आपूर्ति काटिएको थियो ।

स्थानीय डेली स्टार समाचारपत्रले जलयातायातमन्त्री साहजाहाँ खानले एक कार्यक्रममा शुक्रबार जियाका पार्टीका अधिकारीहरुले उपलब्ध गराएको खाना पनि उहाँको कोठासम्म पुग्न नदिइने र उहाँले भोकै मर्नुपर्ने चेतावनी दिएको उल्लेख गरेको छ ।

विवादास्पद आमनिर्वाचनको पहिलो वर्ष सम्पन्न हुँदा जनवरी ५ मा प्रधानमन्त्री सेख हसिनाको सरकारको विरोधमा आफ्नो समर्थकलाई प्रदर्शन गर्न लगाउने चेतावनी साथ जिया ढाकाको गुलसन जिल्लाको बजार क्षेत्रमा आफ्नो कार्यालयमा सीमित हुनुभएको छ ।

यस अवधिमा उहाँले देशव्यापी रुपमा सडक, रेल तथा जलयातायात बन्द गर्न आह्वान गर्नुभएको थियो । यसका कारण त्यहाँ घातक अस्थिरता उत्पन्न भएको छ र यसका कारण ४० व्यक्तिको मृत्युभएको छ भने करिब ८०० गाडीमा आगो लगाइएको वा क्षति पुर्‍याइएको छ ।