मुम्बई । बलिउडका गायक मिक्का सिंह यौन शोषणको आरोपमा दुबईमा पक्राउ परेका छन् । उनीमाथि एक १८ वर्षीया ब्राजियिन युवतीले यौन शोषणको आरोप लगाएकी थिइन् ।
ती युवती पेशाले मोडेल हुन् । मिक्काले आफूलाई आपत्तिजनक तस्बिर पठाउने गरेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी छन् । दुबई प्रहरीले मीकालाई एक बारबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
मिक्का आफ्नो सांगीतिक कार्यक्रमका सिलसिलामा दुबईमा थिए । एजेन्सी















प्रतिक्रिया