नयाँदिल्ली १६ माघ । बढ्दो मंहगी र प्रविधिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीको न्युतम तलब बढेर २१ हजार पुगेको छ ।
छिमेकी देश भारतमा तल्लो तहका सबै कर्मचारीको न्युनतम तलब २१ हजार दिने निर्णय गरिएको हो ।
दिल्लीमा हुन लागेको चुनावलाई समेत लक्षित गरी सत्तारुढ भारतीय जनता पार्टीले सबै कर्मचारीको तलब न्युनतम २१ हजार दिईन लागिएको हो ।
भारतले २०१६ मा कर्मचारीको तलब दोब्बर बनाउने तयारी गरेपनि सत्तारुढ भारतीय जनता पार्टीले चुनावलाई लक्षित गर्दै भारत सरकारले तलब बढाएको घोषणा गरेको छ । न्युनतम तलब बढेपछि कर्मचारीले खुशी मनाएका छन् ।
सामाजिक सञ्जालमा समेत सो कदमको स्वागत गरिएको छ । नेपालले भने कर्मचारीको न्युनतम तलब भारतको तुलनामा ५० प्रतिशत भन्दा पनि कम छ । दिनानुदिन मंहगी बढेपनि नेपालका कर्मचारीले पुरानै कम तलबमा काम गर्न बाध्य छन् । एजेन्सी













प्रतिक्रिया