काठमाडौं, १५ माघ । खेलको अन्तिमतिर स्ट्राइकर नेयमारको निर्णायक गोलले स्पेनी टिम बार्सिलोना सेमीफाईनल यात्रामा होमिएको छ ।
बोलियो प्रतिस्पर्धी टिम एथ्लेटिको मड्रिडलाई ४ का विरुद्ध २ गोलले पराजित गर्दै बार्सिलोनाले कोपा डेल रे फुटबलमा सेमीफाइनलतिर लागेको एजेन्सीहरुले जनाएका छन् ।
१–० गोलले पहिलो लेगमा सहज जित निकालेको बार्सिलोनाले बुधबार रातिको दोस्रो लेगमा नेयमारको निर्णायक गोलले ३–२ को जित निकाल्यो ।
एथ्लेटिको मड्रिडका फर्नान्डो टोरेसले पहिलो मिनेटमै गोल गरेर टिमलाई अग्रता दिएका थिए । नवौं मिनेटमा लुइस स्वरेजको पासमा नेयमारले निर्णायक गोल गरेर बार्सिलोनालाई बराबरी बनाए ।
वार्सिलोनाका राउल गार्सियाले खेलको ३० औं मिनेटमा पेनाल्टीमा गोल गरेर टिमलाई अग्रता दिलाए । पछि परेको एथ्लेटिको मड्रिडका मिराण्डाले ३८ औं मिनेटमा आत्मघाती गोल गरेर खेल २–२ को बराबरीमा पुर्याएका थिए ।
अल्बामा पासमा नेयमारले ४१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलानालाई ३–२ को अग्रता दिलाए ।
उक्त खेलमा मेस्सीले एउटा पनि गोल गरेनन् । नेयमारको अन्तिम समयको गोल नै वार्सिलोनालाई निर्णायक जित दिलायो ।













प्रतिक्रिया