२९ आश्विन २०८३, बिहिबार

मन्त्रिपरिषद्का सदस्य भ्रष्ट भएपछि संसदद्वारा अस्वीकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल, १४ माघ । संसदले मन्त्रिपरिषद्का सदस्यहरु भ्रष्ट भएको भन्दै फेर्ने निर्देशन दिएको छ ।

अफगानिस्तानमा राष्ट्रपति असरफ गानीले नयाँ मन्त्रिपरिषद्मा मनोनयन गर्नुभएका प्रायः व्यक्तिलाई सांसदले बुधबार अस्वीकार गरिदिएका छन् भने यसले राष्ट्रिय एकताको सरकार गठन गर्ने कार्यमा नयाँ बाधा उत्पन्न भएको अनुमान गरिएको छ ।

संसदको तल्लो सभाले राष्ट्रपति गानीले मनोनयन गर्नुभएका २५ व्यक्तिमध्ये १८ व्यक्तिका विषयमा मन्त्री पदका लागि भएको मतदानमा १० व्यक्तिलाई अस्वीकार गरेको र त्यसमा प्रतिरक्षामन्त्रीका लागि मनोनयन गरेका व्यक्ति पनि परेको बताइएको छ ।

संसदको स्वीकृति प्राप्त व्यक्तिमा पूर्व शान्ति परिषदका प्रमुख तथा विदेशमन्त्रीका लागि मनोनित सालाहुद्दिन रब्बानी तथा गृहमन्त्रीका लागि मनोनित नुरुल हक उलुमी पर्नुभएको बताइएको छ ।

नयाँ मन्त्रिपरिषद्को प्रस्ताव जनवरी १२ मा आएको हो । गत वर्ष निकै विवाद भएको राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको तीन महिनापछि उक्त प्रस्ताव आएको हो ।

राष्ट्रपति पदको निर्वाचनको नतिजा घोषणा गर्न राष्ट्रपति गानी तथा उहाँका प्रतिद्वन्द्वी अब्दुल्लाह अब्दुल्लाहबीच शक्तिका लागि साझेदारी भएको थियो । उहाँहरूले एकताको सरकार गठन गर्ने निर्णय गर्नुभएको थियो ।

गत साता संसदले राष्ट्रपति गानीले मनोनयन गर्नुभएका सात व्यक्तिले दुई मुलुकको नागरिकता लिएकाले उनीहरू मन्त्री पदका लागि अनुपयुक्त भएको जानकारी दिएको थियो ।

रब्बानी तथा उलुमाले नियुक्तिका लागि आफ्नो विदेशी नागरिकता परित्याग गर्नुभएको थियो । यसै गरी सांसदले रहमातुल्लाह नबिललाई गुप्तचर संस्था एनडीएसको निर्देशनमा स्वीकृति प्रदान गरेको छ ।

अस्वीकार गरिएकामा वर्तमान सेना प्रमुख तथा प्रतिरक्षामन्त्रीको रूपमा मनोनित सेर मोहम्मद करिम तथा उच्च शिक्षा मन्त्रीका लागि मनोनित खतेरा अफगान पर्नुभएको छ ।

गानीले आफ्ना आठ मन्त्रीलाई स्वीकृति प्रदान गरिदिएकोमा सांसदप्रति धन्यवाद व्यक्त गर्नुभयो । छिमेकी मुलुक श्रीलंकामा पनि नयाँ सरकार आएकाले यसको प्रभाव परेको अधिकारीहरुले जनाएका छन् ।