३ कार्तिक २०८३, मंगलबार

मंगलबारदेखि सेयर कारोवार पूर्ण रुपमा अनलाइनमार्फत

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० कार्तिक । नेपाल स्टक एक्सचेञ्जले मंगलबारदेखि पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुरु गरेको छ । मंगलबार होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबारको उदघाटन गरे ।

नेप्सेले चालु आर्थिक वर्षको पहिलो दिनदेखि नै अनलाइन प्रणाली शुरु गर्ने भने पनि पूर्ण रुपमा सञ्चालन गर्न भने सकेको थिएन । यो प्रणाली शुरु भएसँगै अब सेयर लगानीकर्ताहरुलाई ब्रोकर कार्यालय धाइरहनु पर्ने बाध्यता हटेको छ ।

प्रविधिको प्रयोग बढेसँगै अनलाइन कारोबार शुरु गरिएको नेप्सेले जनाएको छ । दिनदिनै ब्रोकर अफिस धाइराख्नु पर्ने बाध्यता हटाउन तथा स्वदेश तथा विदेशमा छरिएर रहेका सबै नेपालीले सहज तरिकाले सेयर कारोबार गर्न पाउन भन्ने उद्देश्यले नेप्सेले अनलाइन प्रणाली शुरु गरेको बताएको छ ।

मंगलबारदेखि आम लगानीकर्ताले इन्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैंले कारोबार गर्न सक्नेछन् । अनलाइन कारोबार शुरु भएसँगै सेयर बजार सकारात्मक दिशामा अघि बढ्ने अपेक्षा लिइएको छ ।