
काठमाडौँ, १९ कार्तिक । एनआईसी एशिया बैंकले दिपावलीको अवसरमा ‘चमत्कारीक बचत खाता’ सञ्चालनमा ल्याएको छ । चमत्कारीक सवारी कर्जा र चमत्कारीक घरजग्गा कर्जा लोकप्रिय भए सँगै एनआईसी एशिया बैंकले अर्को योजना ल्याएको हो ।
एनआईसी एशिया बैंकले नारीहरुको लागि सुन तथा चाँदीको उपहारहरु सहित चमत्कारीक बिशेषता भएको ‘चमत्कारीक बचत खाता’ सञ्चालनमा ल्याएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार बचत खाताका चमत्कारीक विशेषतामा, ७ प्रतिशत वार्षिक ब्याजदर, न्युनतम मौज्दात एक हजार, दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भुक्तानी, अनलाइनबाट शून्य मौज्दातमा खाता खोल्न सकिने र वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार रहेको छ ।
यसैगरी यस बचत खाता खोलेपछि ग्राहकहरुले आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात एक लाख भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् । बचत खाता खोले पछि ग्राहकहरुले आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात २ लाख भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् ।
यसैगरी याे बचत खाता खोले पछि ग्राहकहरुले आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात १५ लाख भएमा २.५ ग्राम सुनको सिक्का, न्युनतम वार्षिक औसत मौज्दात तीस लाख भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्ने पाण्डेले बताए ।
हाल बैंकले २६५ शाखा कार्यालयहरु, २६५ एटिएम छन् भने २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैकिङ ईकाई मार्फत बैकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १४२ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको जनाएको छ ।
हालसम्म बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।















प्रतिक्रिया