नयाँदिल्ली १३ माघ । अमेरिकी राष्ट्रपति बाराक ओबामा बलिउडका बादशाह (किङ्ग) शाहरुख खानका फ्यान बनेका छन् ।
भारतको ६६ औं गणतन्त्र दिवसमा सहभागि हुन ३ दिने भ्रमणमा भारत आएका राष्ट्रपति ओबाले आफु शाहरुखको फ्यान भएको खुलासा गरेका हुन् ।
भारत भ्रमणको तेस्रो दिन उनले आफ्नो सम्बोधनका क्रममा शाहरुख खानको एक फिल्मको डायलग भन्न समेत भ्याए ।
दिल्लीको सीरी फोर्ट ऑडिटोरियममा सम्बोधन गर्ने क्रममा ओबामाले शाहरुख खानको नाम लिदै उनको फिल्म ‘दिल्वाले दुल्हनिया ले जायंगे’को ‘बडे बडे देशो मे छोटी छोटी बात होती रहेती हें’डायलग बोले ।
उनले भने, ‘हामीलाई शाहरुख खान, मिल्खा सिंह, मैरीकोम र कैलाश सत्यार्थी माथि गर्व छ ।’
बाराक आबामाले यस्तो भनेपछि भारत लगायत अन्य देशका कलाकारले सामाजिक सञ्जालमा चर्चा सुरु गरेका छन् ।













प्रतिक्रिया